वर्ष दिन घुमेरै बिताए यी सहसचिवहरूले

काठमाडौं । कुन मन्त्रालयका सहसचिवले धेरै पटक विदेश घुम्ने भन्ने प्रतिस्पर्धा चल्यो भने सम्भवतः कृषि विकास मन्त्रालयका सहसचिवहरूले पहिलो स्थान प्राप्त गर्नेछन । किनकि, अरु मन्त्रालयका उच्च तहका कर्मचारीहरू पनि विदेश घुम्छन । तर, एक वर्षको रेकर्ड पल्टाउने हो भने कृषि विकास मन्त्रालयका सहसचिवहरूले विदेश भ्रमणमा छलाङ नै मारेका छन ।
धेरै पटक विदेश घुम्नेमा मन्त्रालयका नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाको प्रमुख सहसचिव डा. सुरोज पोखरेल रहेका छन । पछिल्लो समय माओवादी निकट पुगेका सहसचिव पोखरेलले आफूअनुकूलका मन्त्री पाएका हुँदा विदेश भ्रमणमा सर्वाधिक रेकर्ड तोडन पुगेका हुन । एक वर्षको अवधिमा मात्रै उनले ८ पटक विदेश जाने मौका पाएका छन । उनले जर्मनी, फिलिपिन्स, इटाली, युएई, भियतनाम र दुई पटक थाइल्याण्डको भ्रमण गरेका छन ।
त्यस्तै, मन्त्रालयको खाद्य सुरक्षा, कृषि व्यवसाय प्रवद्र्धन तथा वातावरण महाशाखाका प्रमुख सहसचिव लेखनाथ आचार्यले चीनसमेत गरी ८ मुलुकको भ्रमण गरेका छन । सबभन्दा धेरै पटक विदेश घुम्नेमा तेस्रो नम्बरमा पर्दछन, कृषि विभागका महानिर्देशक युवकध्वज जिसी । जिसीले एक वर्षको अवधिमा ७ पटक विदेश घुम्ने अवसर पाएका छन भने सोही विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले पनि ७ पटक नै विदेश घुमेका छन ।
योजना महाशाखाका प्रमुख सहसचिव योगेन्द्रकुमार कार्कीले ६ पटक र प्रशासन महाशाखाका प्रमुख सहसचिव काशीराज दाहालले ५ पटकसम्म विदेश घुम्ने मौका पाएका थिए । तर, थोरै विदेश घुम्नेमा भने अनुगमन, मूल्यांकन तथा तथ्यांक महाशाखाका प्रमुख सहसचिव ईश्वरप्रसाद रिजाल हुन । उनले २ पटक मात्रै विदेश घुम्ने अवसर पाएका थिए । मन्त्रालयका सहसचिवहरूले एकै वर्ष ८÷९ पटकसम्म हप्तौहप्तासम्म विदेश घुम्न थालेपछि राज्यमन्त्री राधिका तामाङ केही असन्तुष्ट रहेको बताइन्छ । सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीहरूको विदेश घुम्ने मोह देखेपछि राज्यमन्त्री तामाङले विदेश भ्रमणको कार्यविधि बनाउनुपर्ने कुरामा जोड दिएको बताइन्छ । तर, राज्यमन्त्री असन्तुष्ट रहे पनि मन्त्री गौरीशंकर चौधरीले भने तीन महिनाको अवधिमा दुई देश घुम्न भ्याइसकेका छन । मन्त्री चौधरी इटाली र दक्षिण कोरिया घुमिसकेका छन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply