टर्किसका टुक्राटुक्रामा बिकेमानका आँखा
काठमाडौं । दुई वर्षअघि त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको टर्किस एयरलाइन्सको ‘बडी’ जोडजाड गरेर विमानस्थल परिसरमा एक सुविधासम्पन्न रेस्टुरेन्ट बन्ने भएको छ ।
केही महिनापछि सुचारु हुने सो रेस्टुरेन्ट विमानकै कवाडी सामान प्रयोग गरेर बनाइएको हो । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष बिकेमान सिंहले सो टेन्डर हात पारेका थिए । सिंहले निगमको सेटिङ र प्रचण्डका बिचौलीयहरूसँगको चाकडीबाट सो ठेक्का हात पारेको बताइन्छ । प्रतिस्पर्धामा एक लामा थरका व्यवसायी पनि संलग्न भए पनि उनलाई पत्तै नदिई पछि सिंहले सो ठेक्का फुत्काएको स्रोतको दाबी छ ।
टर्कीबाट प्राविधीकहरू आएर विमानको ‘ब्लाक बक्स’ खोलेर लगे पनि अन्य सामानहरू नेपालमै छाडिएको थियो । त्यसलाई संग्रहालयका रूपमा विकास गरि कफी व्यापार गर्न सकिने र राम्रो आम्दानी गर्न सकिने भन्दै सिंहले यो योजनामा हात हालेका हुन् ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला सो टेन्डर सिंहलाई च्यानल मिलाएर दिइएको बताइन्छ । विमानचालक दलले कम्पनीको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युरको पालना नगर्दा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । छानबिनपछि रनवेमा कम भिजिबिलिटीमा हुँदाहुँदै जहाज अवतरण नगर्नू भन्ने कम्पनीको प्रोसेड्युरविपरीत चालक दलले जबर्जस्ती अवतरण गरेको खुलेको थियो । इस्तानबुलबाट उडान गर्दा जहाजमा कुनै खराबी नरहे पनि पाइलट बेलैमा सचेत हुन नसक्दा दुर्घटना भएको थियो ।
सो रेस्टुरेन्ट प्रयोजनका लागि बोल्डिङ गर्ने क्रममा धेरै भीडभाड बढ्न थालेको र असम्बन्धित मान्छेहरूको भीड लाग्न थालेपछि अहिले मजदुरबाहेक अन्यलाई त्यहाँ जान रोकावट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण एयरपोर्ट कार्यालयस्थित मर्मतसम्भार शाखाले भने यसबारे स्पष्ट बताउन चाहेन ।
त्यसो त यो समूहले हर्क गुरुङ दुर्घटनामा परेको विमान, गत वर्ष भुइँचालो आउँदा उद्धारका लागि दोलखा पुग्दा बेपत्ता भएको विमानलगायतको पनि उपयोग गर्न खोजिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply