ठगी मुद्दाका अभियुक्त गाउँपालिका अध्यक्ष !
सोलुखुम्बु । कानुनअनुसार अदालतमा मुद्दा विचाराधीन रहेका अभियुक्त निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । त्यसैले ठगी मुद्दाका अभियुक्त गाउँपालिकाको अध्यक्ष निर्वाचित भए भन्दा पत्यार नलाग्न सक्छ । तर दोस्रो चरणको स्थानीय तहको निर्वाचनका खोलुखुम्बु जिल्लाको दूधकौशिका गाउँपालिका अध्यक्षमा ठगी मुद्दाका अभियुक्त असिम राई माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका छन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नुअगाडि कसैले सप्रमाण उनीविरुद्ध उजुरी हालेको भए त्यो बेला नै उनको उम्मेदवारी खारेज हुन्थ्यो । तर कसैले उनको ठगी मुद्दाबारे त्यसबेला पत्तै पाएनन् । जब निर्वाचन परिणाम आइसकेपछि थाहा पाए, उनलाई मत दिने मतदाता समेत चुकचुकाएका छन् । ३२ लाख रुपैयाँ ठगेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा चार जनाले ठगी मुद्दा हालेका छन्, जुन मुद्दाको अझै फैसला भएको छैन ।
काठमाडौंको गोंगबुमा राईले युनिक बचत तथा ऋण सहकारी संस्था चलाउँदै आएका थिए । सो सहकारीको अध्यक्ष उनी आफैं थिए । आफू पर्दापछाडि बसेर राजधानीमै फालिङो नामक सहकारी पनि चलाएका थिए । त्यसको अध्यक्षचाहिँ ब्रिटिस क्याम्पमा महिनाको ७० हजार तलब खाएर काम गर्दै आएका बिगेश्वर राईलाई बनाएका थिए । यी दुई सहकारीबाट उनले सेयर होल्डर र बचतकर्ताको झन्डै १० करोड रुपैयाँ ठगेको बताइन्छ । रकम डुबाएपछि उनी भागेर गाउँ बस्न थालेका थिए । पैसा ठगेपछि पीडितहरूले उनीविरुद्ध जिल्ला प्रहरी र जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौं उजुरी दिएका थिए । प्रहरीले उनलाई दसंैको मुखमा समेत गरी तीनचोटि पक्राउ गरेपछि केही पिडितहरूको पैसाा फिर्ता दिए पनि धेरैको नफर्काएपछि पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । हाल माओवादी केन्द्रमै आबद्ध भोजपुरका राम राईसँग ७ लाखको कागज गरे पनि उनले अझै त्यो पैसा नपाएको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply